कोरोना भाइरसले फेब्रअरी ६ मै अमेरिकी नागरिकको मृत्यु भएको खुलासा « Khabarhub

कोरोना भाइरसले फेब्रअरी ६ मै अमेरिकी नागरिकको मृत्यु भएको खुलासा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले फेब्रअरी ६ मै पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको खुलेको छ ।

यसअघि फेब्रअरी २६ मा मात्रै कोरोना भाइरसले पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको बताइए पनि त्यो भन्दा झण्डै तीन हप्ताअघि नै कोरोना भाइरसले मृत्यु भएको तथ्य खुलेको हो ।

क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीमा भएको शव परीक्षणबाट अमेरिकामा कोरोना भाइरसबाट भएको मृत्युको नयाँ तथ्य बाहिरिएको हो ।

फेब्रुअरी ६ मा निधन भएकी ५७ वर्षीया महिला कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुने पहिलो व्यक्ति रहेको खुलेको हो ।

शव परीक्षण प्राप्त नमूना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) मा पठाइएमा सीडीसीले उनको मृत्यु कोरोनाले भएको पुष्टि गरेको हो ।

सान्टा क्लारामा मार्च ६ सम्म तीनजनाको मृत्यु भएको थियो र सबैको कोरोना भाइरसकै कारण निधन भएको खुलेको सान्टा क्लारा काउन्टीले जनाएको छ ।

शव परीक्षण रिपोर्टअनुसार गएको फेब्रुअरी ६ र १७ मा निधन भएका दुई व्यक्तिको मृत्युको कारण कोभिड–१९ नै भएको खुलेको हो ।

सियाटलमा २६ फेब्रुअरीमा भएको एक व्यक्तिको मृत्युलाई नै अमेरिकामा कोरोना भाइरसले भएको पहिलो मृत्यु मानिदै आएको थियो । उक्त तथ्यसँगै अमेरिकाले पहिलो पटक भएको कोरोना भाइरसले मृत्यु भएकाको टाइमलाइन परिवर्तन गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ५६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले