गाई र गोरु काटेको आरोपमा २ जना पक्राउ | Khabarhub Khabarhub

गाई र गोरु काटेको आरोपमा २ जना पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासुसहित घटनास्थलबाटै पक्राउ गरेको हो ।

घटनामा संलग्न भनिएका वितन र नफिस भने फरार छन् । प्रहरीले उनीहरुको खोजी जारी रहेको जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ सिपाखोला बस्ने ४२ वर्षीय यम बहादुर तामाङ गोरु काटेको अभियोगमा बिहीबार बिहान पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने सार्की भन्ने लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरी सहित तामाङलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न लाल बहादुर र सोही ठाउँ बस्ने बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीले दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ५८ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी