गाई र गोरु काटेको आरोपमा २ जना पक्राउ « Khabarhub

गाई र गोरु काटेको आरोपमा २ जना पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासुसहित घटनास्थलबाटै पक्राउ गरेको हो ।

घटनामा संलग्न भनिएका वितन र नफिस भने फरार छन् । प्रहरीले उनीहरुको खोजी जारी रहेको जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ सिपाखोला बस्ने ४२ वर्षीय यम बहादुर तामाङ गोरु काटेको अभियोगमा बिहीबार बिहान पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने सार्की भन्ने लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरी सहित तामाङलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न लाल बहादुर र सोही ठाउँ बस्ने बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीले दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ५८ बजे

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर