वादी समुदायको पीडा– न काम गर्न पाइन्छ, न त राहात नै ! | Khabarhub Khabarhub

वादी समुदायको पीडा– न काम गर्न पाइन्छ, न त राहात नै !


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् ।

कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । ‘राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्,’ टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भनिन्, ‘म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।’

उनका अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । ‘सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न २ महिना मात्र पुग्छ,’ रेखा भन्छिन, ‘घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।’

वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । नीतुको दम्पत्ति ज्यालादारीकै काम गर्थ्यो । ‘आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ,’ नितु भन्छिन्, ‘सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?’

अमृता नेपालीका चार सन्तान छन् । ‘छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन,’ उनले भने, ‘के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।’

सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिइन् । ‘राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन,’ उनले भनिन्, ‘लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।’

उद्दका अनुसार कैलालीमा १ हजार ५ सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ ।

वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए ।रासस

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : ५६ बजे

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका