भिरबाट लडेर २ जनाको मृत्यु « Khabarhub

भिरबाट लडेर २ जनाको मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङ र बागमती प्रदेशको रामेछाप जिल्लामा गरी भिरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका-९ ज्याडा बस्ने निर्मल बोहराको १४ वर्षीय छोरा सुकम बोहराको भिरबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकैको भिरबाट करिब २ सय मिटर तल खसेर गम्भीर घाइते भएका सुकमको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा (रायल) तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ सैपु बस्ने ६२ वर्षीया हर्कमाँया भुजेलको बुधबार राति भिरबाट लडेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित तारुके सल्लेनी सामुदायिक वनको भिरमा घाँस काट्ने क्रममा अचानक भिरबाट करिब ५ सय मिटर तल लडेर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ४७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु