आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?: केकी « Khabarhub

आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?: केकी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपालीहरुले आजको दिन आमालाई विभिन्न कारणले सम्झिरहेका छन् । आजको दिन आमालाई सम्मान गर्दै सामाजिक सञ्जाल रंगिएका छन् ।

नायिका केकी अधिकारीले पनि आफ्नी आमालाई एक नोट लेखेर शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै लेखेकी छिन् – आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?

उनले नोटमा आमाको महिमा लेख्ने आँट नगरेको तर आमाको ममताले आफूहरु सधै कृतज्ञ भएको लेखेकी छिन् ।

‘२३ वर्षमा विवाह भएपछिको आफ्नो जिन्दगीको पूरा समर्पण हाम्रो परिवारलाई गरिदिनुलाई कति सजिलै लिन्छौं हामी,’ केकी लेख्छिन्, ‘म आमा हुँ अनि आमाको कुनै सपना हुँदैन भन्ने पंक्तिले मलाई साह्रै घोच्छ ।’

केकीले आमाको आँखामा कहिल्यै आँसु देख्न नपरोस् भनी कामना गरेकी छिन् । ‘हरेक जन्म हजुरकै कोखबाट होस् अनि त्यो कोखको साख राख्न सकूँ,’ केकी भन्छिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट 

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको