उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश | Khabarhub Khabarhub

उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयोङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाएका छन् ।

उनले एक पत्र पठाउँदै धन्यवाद ज्ञापन गरेको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उनले धन्यवाद सन्देश पठाएका हुन् । उनका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ औं जन्मोत्सव थियो ।

धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास पनि व्यक्त गरिएको छ । उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन् ।

सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उनले धन्यवाद सन्देश पठाएको खवर आएको हो ।

उनी विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ३३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका