घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह « Khabarhub

घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान घरमै बसेर मनाउन आह्वान गरिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएका कारण सम्भावित जोखिम रोक्न रमाजान घरमै बसेर मनाउन आग्रह गरिएको हो ।

चर्चित गजल गायकद्वय उस्ताज अहमद हुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुले बताए ।

भारतमा देशव्यापी बन्दाबन्दी लागू भइरहेको छ भने दैनिक दर्जनौमा कोरोनाभाइरसको सङ्क्रमण देखिदै गएको छ । उनीहरुले आफैले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ ।

मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुँदैछ । रमजानको शुभकामना समेत दिँदै उनीहरुले लकडाउनसम्वन्धी निर्देशिका पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ४९ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको