अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प | Khabarhub Khabarhub

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, उनले भने, ‘ तत्काल चर्चहरू सूचारू गरौँ ।’

अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन प्रतिबन्ध लगाइएका बेला ट्रम्पले यस्तो आह्वान गरेका हुन्।

अमेरिकामा धेरै शक्ति राष्ट्रपतिमा केन्द्रित भए पनि चर्च खोल्न वा बन्द गराउन निर्देशन दिन सक्ने अधिकार राष्ट्रपतिमानिहित नभएको बताइन्छ । यसका लागि राष्ट्रपतिले राज्यपाललाई सहमत गराउनु पर्ने प्रावधान छ ।

ट्रम्प चर्च खोल्ने मात्र हैन लकडाउन नै हटाउने पक्षमा छन् । तर अरू सरोकारित निकायले लकडाउन खुकुलो पारिए महामारी अझ बढ्ने चेतावनी दिएपछि उनी हच्किदै आएका छन् ।

अमेरिकामा कोरोनाबाट १६ लाखभन्दा बढी संक्रमित भएका छन् भने ९७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : ०३ बजे

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको

मनै लोभ्याउने पुनहिल

गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना