कर्णालीका दुई हजार ७५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

कर्णालीका दुई हजार ७५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रारा – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुई हजार ७५५ व्यक्तिको स्वाब पीसीआ विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका निर्देशक डा मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित ती स्वाबको पीसीआर विधिबाट परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढ्दै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावतले बताए ।

प्रतिष्ठानमै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८ र १८ जना पत्रकारको स्वाब पीसीआर विधिबाट परीक्षण गरीएको हो ।

आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पनि पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : ४४ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका