नरैनापुरबाट फरार भएका कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा « Khabarhub

नरैनापुरबाट फरार भएका कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए ।

१२ संक्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार संक्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

नरैनापुरमा शुक्रबार मात्रै १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : १५ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको