सीमामा रोकिएका ८ सय प्युठान भित्रिए « Khabarhub

सीमामा रोकिएका ८ सय प्युठान भित्रिए


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो ।

जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन । जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन् । त्यसै गरी स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन् ।

स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।

भारतका विभिन्न शहरमा रोजागारीका लागि गएकामा प्युठानका करीब ३१ हजार रहेको स्थानीय तहको तथ्यांङ्क रहेको छ । भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए ।

जिल्लामा ल्याइएका नागरिकको कुनै प्रकारको परीक्षण गरिएको छैन । परिक्षणविना भित्रिएका नागरिकको क्वारेन्टिन बसाइ अवधिभर कोरोना कोषको बजेटबाट ब्यवस्थापन गर्ने गरिएको रोकायको भनाइ छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : २१ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट