फूड सेफ्टीका लागि विश्व स्वास्थ्य संगठनले दिएका पाँच उपाय « Khabarhub

फूड सेफ्टीका लागि विश्व स्वास्थ्य संगठनले दिएका पाँच उपाय


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका बिषयमा विश्व स्वास्थ्य संगठनका तर्फबाट कैयौं प्रकारका गाइडलाइन जारी गरिएको छ । विशेषतः सफाई र सुरक्षाका शीर्षकमा विश्व स्वास्थ्य संगठनले दिशानिर्देश दिदै आएको छ ।

यसै क्रममा डब्लुएचओले फूड सेफ्टीका बिषयमा ५ टिप्सहरु दिएको छ । जहाँ यो किन आवश्यक छ भनेर समेत उल्लेख गरिएको छ ।

१. सफाईमा विशेष ध्यान दिनुहोस्
खाना पकाउँदा वा तयार पार्दा कुनै पनि खाद्य सामग्री छुनु भन्दा अगाडि हातलाई साबुन पानीले मज्जाले धुनुपर्दछ । खाना बनाउँदा प्रयोग हुने हरेक भाडा वा सतह मज्जाले धुनुपर्दछ वा स्यानिटाइज गर्नुपर्दछ । भान्सालाई कुनै पनि किराको प्रवेशबाट रोक्नु पर्दछ ।

किन आवश्यक छ ?

रोगको संक्रमण फैलाउने भाइरस हात, फोहोर, पानी र जनावरका माध्यमबाट फैलने गर्दछ । यी भाइरस भाडाकुडा, भान्साको सतह र हातमा आउने गर्दछन् । त्यसैले यी सबैको नियमित सफाइ गर्नु आवश्यक हुन्छ ।

२ं काँचो र पाकेको खाना छुट्याउनुहोस्
काँचो माछामासु, तरकारी तथा अन्य खाद्य पदार्थलाई पाकेको खानाबाट टाढा राख्नु पर्दछ । साथै काँचो खाद्य पर्दाथ र पाकेको खाना एउटै भाडामा राख्नु हुदैन । यतिमात्र होइन काचो र पाकेको खाना काट्ने, पस्कने सामग्री समेत अलग पार्नु पर्दछ ।

किन आवश्यक छ ?

काँचो भोजन, विशेषगरी माछामासुमा खतरनाक सूक्ष्मजीव हुन सम्भावना हुन्छ । जसलाई पकाउँदा यो नष्ट भएर जान्छ । तर पाकिसकेको खाना काचो खानासंगै राख्दा सुक्ष्मजीव सर्न सक्छ र यसबाट रोगको जोखिम पनि हुनसक्छ ।

३. खाना मजाले पकाउनुहोस्
खानालाई मज्जाले पकाएर मात्र खानुहोस् । विशेषतः माछामासु तथा अण्डालाई ७० डिग्री सेल्सियस भन्दा माथिको तापमानमा मज्जाले उमालेर मात्र खानुपर्दछ । माछामासु पकाउँदा मासु गुलाबि रंगमा पाक्नासाथ खानु हुदैन । पाकेको भोजन पनि खाने बेलामा फेरी तताएर मात्र खानुपर्दछ ।

किन आवश्यक छ ?
खानालाई ७० डिग्री सेल्सियसभन्दा माथिको तापमानमा पकाउँदा सम्पुर्ण कीटाणु मरेर जाने गर्दछ । गुलाबि रंगमा पाकेको माछामासु राम्ररी पाकेको हुदैन तसर्थ यसलाई पुर्ण सफा गरी पाकेको देखिनेगरी पकाउनु पर्दछ ।

४. खानालाई सुरक्षित तापमानमा राख्नुहोस्
भान्साको तापमानमा मात्र २ घण्टाभन्दा बढि समयसम्म खानालाई राख्नु हुदैन । यदि पाक्नासाथ खान अनुकुल छैन भने उचित तापमान बनाएर फ्रिजमा राख्न सकिन्छ । तर खाना खानुअघि वा पस्कनु अघि फेरी खानालाई न्युनतम ६० डिग्री सेल्सियस तापमानमा तताउनु पर्दछ । साथै धेरै समयसम्म खानालाई फ्रिजमा राख्नु हुदैन ।

किन आवश्यक छ ?
भान्साको सामान्य तापमानमा भाइरस तिव्र रुपमा फैलने गर्दछ । ५ डिग्रीभन्दा कम र ६० डिग्री भन्दा बढि तापमानमा अधिकाशं जीवाणु मर्ने गर्दछ । तर केहि सीमित जीवाणुको हकमा भने यो लागु नहुन सक्छ ।

५. सफा पानीको प्रयोग गर्नुहोस्
पिउने पानी र खाना बनाउने पानी हमेशा सफा हुनु पर्दछ । सकेसम्म पिउन उमालेको पानी प्रयोग गर्नु लाभदायक हुन्छ । तरकारी साथै फलफुल पनि सफा पानीले मज्जाले धुनुपर्दछ । ताजा र पौष्टिक खाद्य पदार्थ मात्र खानुपर्दछ । म्याद नाघेका खाद्य पर्दाथ खानु हुदैन ।

किन आवश्यक छ ?

काँचो सामग्री यहाँसम्म कि पानी र बरफमा पनि खतरनाक सूक्ष्मजीव हुने गर्दछ । त्यसैले पिउने वा खाना पकाउने पानी सफा हुनुपर्दछ । म्याद भएका खाद्यपर्दाथ मात्र खानु स्वास्थ्यका लागी अत्यन्त लाभदायक हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : ३८ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा