भोजपुरमा नाका सिल, तरकारी आयतमा समेत रोक « Khabarhub

भोजपुरमा नाका सिल, तरकारी आयतमा समेत रोक


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयतमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो ।

सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ : ३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्ने, भोजपुर बजारलगायत अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय बैठकले गरेको छ ।

सदरमुकाममा लाग्ने गरेको शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएपछि बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणसँगै स्थानीयस्तरमा उत्पादन भएको तरकारी खपत गराउने उद्देश्यका साथ बाहिरी जिल्लाबाट आउने तरकारी यही जेठ २० गतेसम्मलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

अत्यावश्यक कामले विभिन्न ठाउँबाट आएका नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा १४ दिन राख्ने, भारतलगायत अन्य मुलुकबाट रोजगारी गरेर फर्केर आएकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाको पूर्वीनाका अरुण नदीको लेगुवाघाटबाट मात्र प्रवेश गराइ केही दिन अरुण गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा राख्ने निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारद्वारा जारी गरिएको लकडाउनलाई पूर्णरूपमा पालना गरी प्रत्येक नागरिकले मास्क लगाउने, लकडाउन उल्लङ्घन गरी मानिस ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर सात दिनसम्म चलाउन नदिने, चालक र यात्रा गर्नेलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णयसमेत गरेको छ । धनकुटा जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै यहाँ उच्च सतर्कता अपनाइएको छ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ३० बजे

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं–  नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने