मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर नेगेटिभ | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर नेगेटिभ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।

हालको प्रदेशसभा भवन साँघुरो भएकाले सामाजिक दूरी कामय गर्न कठिनाइ भएपछि प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्न लागेको छ । बैठकलाई लक्ष्य गरेर हाल सभागृहको मर्मत, रङगरोगन तथा सभाहलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए।

प्रदेशमा हालसम्म एक हजार ५२० को पीसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पुर्‍याउने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : १२ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्