मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर नेगेटिभ « Khabarhub

मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर नेगेटिभ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।

हालको प्रदेशसभा भवन साँघुरो भएकाले सामाजिक दूरी कामय गर्न कठिनाइ भएपछि प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्न लागेको छ । बैठकलाई लक्ष्य गरेर हाल सभागृहको मर्मत, रङगरोगन तथा सभाहलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए।

प्रदेशमा हालसम्म एक हजार ५२० को पीसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पुर्‍याउने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : १२ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा