चीनले ६ प्रतिशतले बढायो रक्षा बजेट « Khabarhub

चीनले ६ प्रतिशतले बढायो रक्षा बजेट


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले अर्थतन्त्र संकट परेको बताइरहँदा चीनले रक्षा बजेट बढाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सन् २०२० मा चीनले आफ्नो रक्षा बजेट सन् २०१९ को तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएको हो ।

राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन अर्थात १७८ अर्ब डलर छुट्याइएको छ ।

कोरोना भाइरसको उद्भवलाई लिएर अमेरिकाले लगातार चीनमाथि आरोप लगाइरहँदा सम्भावित टकरावको स्थिती समाना गर्न चीनले सैन्य क्षमता बढाउन रक्षा बजेट बढाएको हुन सक्ने आकलन हुन थालेका छन् ।

कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेको र यसले सैन्य टकरावको रुप लिन सक्ने भन्दै चीनको रक्षा मन्त्रालयले एक रिपोर्टमा चेतावनी दिएको विषय रोयटर्सले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : १९ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३