कोरोना भाइरसले खाडी मुलुकमा ८०८ को मृत्यु, १ लाख ७१ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ८०८ को मृत्यु, १ लाख ७१ हजारभन्दा बढी संक्रमित


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ८०८ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २७४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३६४ जनाको मृत्यु भएको छ । त्यहाँ ६७ हजार ७१९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २४१ जनाको मृत्यु भएको छ भने २७ हजार ८९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १३८ जनाको मृत्यु भएको छ भने १९ हजार ५६४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ७९४ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १९ जनाको मृत्यु भएको छ भने ४० हजार ८९१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ४१४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर