आज बदलीसँगै वर्षाको सम्भावना « Khabarhub

आज बदलीसँगै वर्षाको सम्भावना


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन।

पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १० गते (शनिबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ११ गते (आईतबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ १२ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : ५२ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको