लकडाउनमा बिग्रिएको घरभित्रको सम्बन्ध यसरी सुधार्नुहोस् « Khabarhub

लकडाउनमा बिग्रिएको घरभित्रको सम्बन्ध यसरी सुधार्नुहोस्


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसंगै अधिकाशं मानिस तनावपुर्ण जीवन बिताइरहेका छन् ।

लकडाउनले अनिवार्य घरभित्र बस्नु पर्दा अन्य समयको तुलनामा यस समय परिवारका सदस्यसँग बढि समय बिताइएको हुन्छ । तर यसको प्रत्यक्ष असर भने सम्बन्धमा नकारात्मक पर्दै गएको छ ।

जसका कारण जोडीहरु बिच समस्या उत्पन्न हुने र मनमुटाव सम्मको स्थिति बनेको छ ।

त्यसैले लकडाउनको समयमा जोडीबीचको सम्बन्धमा दरार उत्पन्न नहुन भनेर केहि उपयागी टिप्स पस्किएका छौं :

– लकडाउनको समयमा घरभित्र रहदा काम तथा जिम्मेवारी बराबर भाग लगाई एकअर्काको काममा सहारा बन्नु पर्दछ ।

– घरको काम, बच्चा सम्हाल्ने काम होस् भान्सामा श्रीमानले श्रीमतीलाई सघाउन आवश्यक हुन्छ । यसबाट काममा सहजतासंगै श्रीमतीमा परेको कामको चाप समेत महशुस गर्न सकिन्छ ।

– सम्बन्ध सकारात्मक बनाउन पार्टनरको भावना बुझ्न र उनको ख्याल राख्न आवश्यक हुन्छ । जसका लागी आफु पनि तनावमुक्त हुनुपर्छ । अनि पार्टनरलाई खुसि राख्ने प्रयास गर्नुपर्दछ ।

– सम्बन्धमा दरार नआओस् भन्नका लागी चित्त नबुझेको बिषयमा जीवनसाथीसँगै बसेर समाधानको पहल गर्नु पर्दछ । अझ कुनै योजना बनाउदै हुनुहुन्छ भने यसका लागी जीनवसाथीलाई खुलेर चर्चा गर्न उनको योजना सुन्न आवश्यक हुन्छ ।

– कामको बोझ वा चाप बढेसंगै एकअर्कालाई वेवास्ता गर्नु हुदैन । बरु यस्तो बेलामा आफु तल्लिन भएको बिषयमा बुझाएर काम नसकिउन्जेल आफुलाई नबोलाउन वा बाधा नगर्न सम्झाउनु पर्दछ । नत्र काम बनाउने चक्करमा सम्बन्ध बिग्रन सक्छ ।

– कतिपय अवस्थामा एकै प्रकारले लामो समय बस्दा वा सधै एकै प्रकारको काम तथा बिषयमा बोल्दा मानिस मोनोटोनस हुन्छ । तसर्थ यस्तो समयमा पार्टनरलाई केहि समयलाई एक्लै हुन दिनुपर्दछ । यसले एक किसिमले रिफ्रेसमेन्टको काम गर्दछ ।

– कोहि कसैका लागी पूर्ण हुदैन । साथै हरेक मानिसमा कुनै न कुनै कमजोरी हुन्छ नै । तर यसलाई जानेर पनि सम्बन्ध सुधारका लागी जीवनसाथीको बयान गरिरहे यसले तपाईको पार्टनरको मुड सकारात्मक बनाउँछ । र सम्बन्धमा सुधार ल्याउँछ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  २ : २० बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई