लकडाउनमा बिग्रिएको घरभित्रको सम्बन्ध यसरी सुधार्नुहोस् | Khabarhub Khabarhub

लकडाउनमा बिग्रिएको घरभित्रको सम्बन्ध यसरी सुधार्नुहोस्


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसंगै अधिकाशं मानिस तनावपुर्ण जीवन बिताइरहेका छन् ।

लकडाउनले अनिवार्य घरभित्र बस्नु पर्दा अन्य समयको तुलनामा यस समय परिवारका सदस्यसँग बढि समय बिताइएको हुन्छ । तर यसको प्रत्यक्ष असर भने सम्बन्धमा नकारात्मक पर्दै गएको छ ।

जसका कारण जोडीहरु बिच समस्या उत्पन्न हुने र मनमुटाव सम्मको स्थिति बनेको छ ।

त्यसैले लकडाउनको समयमा जोडीबीचको सम्बन्धमा दरार उत्पन्न नहुन भनेर केहि उपयागी टिप्स पस्किएका छौं :

– लकडाउनको समयमा घरभित्र रहदा काम तथा जिम्मेवारी बराबर भाग लगाई एकअर्काको काममा सहारा बन्नु पर्दछ ।

– घरको काम, बच्चा सम्हाल्ने काम होस् भान्सामा श्रीमानले श्रीमतीलाई सघाउन आवश्यक हुन्छ । यसबाट काममा सहजतासंगै श्रीमतीमा परेको कामको चाप समेत महशुस गर्न सकिन्छ ।

– सम्बन्ध सकारात्मक बनाउन पार्टनरको भावना बुझ्न र उनको ख्याल राख्न आवश्यक हुन्छ । जसका लागी आफु पनि तनावमुक्त हुनुपर्छ । अनि पार्टनरलाई खुसि राख्ने प्रयास गर्नुपर्दछ ।

– सम्बन्धमा दरार नआओस् भन्नका लागी चित्त नबुझेको बिषयमा जीवनसाथीसँगै बसेर समाधानको पहल गर्नु पर्दछ । अझ कुनै योजना बनाउदै हुनुहुन्छ भने यसका लागी जीनवसाथीलाई खुलेर चर्चा गर्न उनको योजना सुन्न आवश्यक हुन्छ ।

– कामको बोझ वा चाप बढेसंगै एकअर्कालाई वेवास्ता गर्नु हुदैन । बरु यस्तो बेलामा आफु तल्लिन भएको बिषयमा बुझाएर काम नसकिउन्जेल आफुलाई नबोलाउन वा बाधा नगर्न सम्झाउनु पर्दछ । नत्र काम बनाउने चक्करमा सम्बन्ध बिग्रन सक्छ ।

– कतिपय अवस्थामा एकै प्रकारले लामो समय बस्दा वा सधै एकै प्रकारको काम तथा बिषयमा बोल्दा मानिस मोनोटोनस हुन्छ । तसर्थ यस्तो समयमा पार्टनरलाई केहि समयलाई एक्लै हुन दिनुपर्दछ । यसले एक किसिमले रिफ्रेसमेन्टको काम गर्दछ ।

– कोहि कसैका लागी पूर्ण हुदैन । साथै हरेक मानिसमा कुनै न कुनै कमजोरी हुन्छ नै । तर यसलाई जानेर पनि सम्बन्ध सुधारका लागी जीवनसाथीको बयान गरिरहे यसले तपाईको पार्टनरको मुड सकारात्मक बनाउँछ । र सम्बन्धमा सुधार ल्याउँछ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  २ : २० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न