संक्रमित युवाले भने- अस्पताल आएपछि मनोबल बढ्यो « Khabarhub

संक्रमित युवाले भने- अस्पताल आएपछि मनोबल बढ्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो ।

सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उनलाई सो अस्पताल ल्याइएको हो । त्यसअघि ती युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार सङ्क्रमित युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा छन् । कर्णालीको पहिलो कोरोना सङ्क्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताए ।

‘चिकित्सकहरूले राम्रो उपचार हुन्छ, नआत्तिनुस्, तपाईंलाई सुर्खेत लैजाँदैछौँ भनेर एम्बुलेन्समा बसाल्नुभो’, उनले भने, ‘कोरोना पोजेटिभ भएको सुन्दा मलाई त्यति दुःख लागेन, बरु प्रदेश अस्पतालमा लैजाने भनेर जङ्गलको बीचमा रहेको विद्यालयमा राख्दा साह्रै मन दुख्यो ।’

उनलाई विद्यालयको हलमा राखियो । तीन नर्स र एक चिकित्सक अर्को भवनको कोठामा बस्थे । शय्या र एउटा थर्मोमिटरबाहेक अरु केही थिएन । विद्यालयको आइसोलेसनमा रहँदाको अनुभव सुनाउँदै भने, ‘क्वारेन्टिनबाट नारायण नगरपालिकाको विद्यालयमा ल्याएको दिन रक्तचाप र ज्वरो नापियो, नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर, तर फर्केर कोही आएनन्, त्रासैत्रासमा बसेँ, बेला–बेलामा आफैँ ज्वरो नापेर नर्सलाई फोन गरी जानकारी दिन्थेँ ।’

परिवार अत्तालिएका छन्, अब बाँच्दैन कि भनेर । ‘मलाई केही हुँदैन भन्छु, तर भित्रभित्रै आफैँलाई भने डर लागिरहेको छ । मलाई अस्पताल नलगी यतै स्कूलमै राखेर मार्ने त होइनन् भन्ने मनमा लागिरहन्थ्यो’, टेलिफोनमा कुराकानीमा उनले भने, ‘जब हिजोमात्रै सुर्खेत आइयो, त्यसपछि बाँचिन्छ होला भन्ने अलि आँट आएको छ ।’

सङ्क्रमण पत्ता लागेपछि अस्पतालमा राखेर उपचार गर्नुका साटो उल्टै तनाव दिएको ती युवाको गुनासो छ । आफू पहुँचविहीन दलित समुदायको भएकाले उपचारमा बेवास्ता गरिएको उनको बुझाइ छ ।

यही जेठ ३ गते प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको प्रयोगशालाको टिमले ती युवासहित सात्तला लक्ष्मी मावि क्वारेन्टिनमा रहेका ३९ जनाको स्वाब सङ्कलन गरेको थियो । जेठ ५ गते पिसीआर परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ३ : ५४ बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई