चार जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुग्यो « Khabarhub

चार जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुग्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा शनिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ हालसम्म संक्रमितको संख्या १४ पुगेको छ ।

शुक्रबार  पाँच जनामा कोरोना पुष्टि भएकोमा आज थप चार जनामा कोरोना संक्रमित पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

आज थपिएका चारैजना संक्रमित भारतबाट आएका हुन्। उनीहरूलाई सीमामा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो। कोरोना संक्रमित पुष्टि भएकाहरू सबै बैतडीको एउटै गाउँपालिकाका हुन्।

संक्रमितहरू बैतडीको शिवनाथ गाउँपालिका-१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय युवक हुन्। शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका-१० का २८ वर्षीय युवक र जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार र शनिबारका गरी जम्मा ९ जना र यसअघिका ५ जना गरी सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। यसअघिका पाँच जना उनीहरु सफल उपचार पछि घर गइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा गत १४ चैतमा दुबईबाट आएका पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि २२ चैतमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। त्यस्तै १ वैशाखमा लम्की चुहा नगरपालिका वडा नम्बर १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। पहिलो संक्रमित ३ वैशाख, दोश्रो २६ वैशाख, तेश्रो ७ वैशाख, चौथो १० वैशाख र पाचौं ११ वैशाखमा कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए।

हाल सुदूरपश्चिममा शुक्रबार र शनिबार संक्रमण देखिएका ९ जना मात्र उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : ०७ बजे

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

दैलेख– दैलेख जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा अतिक्रमण हुनेक्रम बढेपछि

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ

काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला