विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार नाघ्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार साँझ समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा आधारित एएफपीको रिपोर्ट अनुसार २१ लाख ७८ हजार ८६२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १६ लाख ४८ हजार २८३ सङ्क्रमित रहेका छन् भने ९७ हजार ७३२ सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकामा चार लाख भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् ।

त्यसैगरी बेलायतमा दुई लाख ५४ हजार १९५ सङ्क्रमित रहेका छन् । बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ३९३ रहेको छ ।

इटलीमा दुई लाख २८हजार ६५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ६१६ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ । स्पेनमा दुई लाख ८१ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ६२८ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा तीन लाख ३४ हजार ७७७ सङ्क्रमित भएका छन् भने यहाँ २१ हजार २१५ को मृत्यु भएको छ । फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार २१९ सङ्क्रमित रहेका छन् भने २८ हजार २८९ को मृत्यु भएको छ ।

यी मुलुकबाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरू लगायतका करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भएपनि मृत्यु दर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ ।

धेरै सङ्क्रमितहुनेमा रूस अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ । धेरै सङ्क्रमण देखिएका मुलुकहरूमध्ये रूसमा तीन लाख ३५ हजार ८८२, जर्मनीमा एक लाख ७९ हजार ७६८, टर्कीमा एक लाख ५४ हजार ५००, इरानमा एक लाख ३३ हजार ५२१, भारतमा एक लाख २७ हजार ३५८ र पेरूमा एक लाख ११ हजार ६९८ सङ्क्रमित रहेका छन् । अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : १५ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई