अम्फान चक्रवात : पश्चिम बंगालमा केही दिन रेल नपठाउन पत्राचार « Khabarhub

अम्फान चक्रवात : पश्चिम बंगालमा केही दिन रेल नपठाउन पत्राचार


१० जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-  चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ ।

राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै शनिबार पश्चिम बङ्गालले भारतको संघीय रेल मन्त्रालयलाई पत्राचार गरी उक्त आग्रह गरेको हो ।

“तपाईंलाई थाहा छ, पश्चिम बङ्गालले मे २० र मे २१ मा ठूलो आँधी अम्फानले गम्भीर असर पारेको छ । त्यसले पूर्वाधारलाई ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा संलग्न भएकोले विशेष रेल र तीनमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न सम्भव छैन ।”

“केही दिन अर्थात् मे २६ सम्म राज्यमा कुनै रेल नपठाउन अनुरोध गरिएको छ,” पश्चिम बङ्गालका मुख्य सचिव राजीव सिन्हाले भारतीय रेलवे बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।

“तपाईसँग यसअघि मे २० मा छलफल गरी विशेष रेल पठाउने प्रस्तावलाई केही पर सार्ने निर्णय राज्य सरकारले गरेको छ । त्यसैले केही दिन विशेष रेललाई नपठाइदिनुहुन आग्रह गरिन्छ,” पत्रमा भनिएको छ ।

पश्चिम बङ्गालमा चक्रवातको कारण कम्तिमा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत का साथै घाइतेलाई प्रतिव्यक्ति ५० हजार बराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

उनले आँधी प्रभावित पश्चिम बङ्गाललाई एकमुष्ठ एक खर्ब भारतीय रूपैँयाको राहत प्याकेजको पनि घोषणा गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १० : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल