दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्रो लहर सुरु « Khabarhub

दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्रो लहर सुरु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएको बताएको छ ।

सङ्क्रमणको पहिलो झट्कलाई सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने रोग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।

मे महिनामा नयाँ सङ्क्रमण शून्य नजिक पुर्‍याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रोग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना सङ्क्रमणको दोस्राे लहरकाे कब्जामा गएको बताएलगत्तै राजधानी सियोलका मेयरले कडा सामाजिक दुरीमा फर्कनुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।

दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा दुई सय ८० जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् ।

यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ९० लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ७१ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४६ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा