दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्रो लहर सुरु « Khabarhub

दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्रो लहर सुरु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएको बताएको छ ।

सङ्क्रमणको पहिलो झट्कलाई सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने रोग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।

मे महिनामा नयाँ सङ्क्रमण शून्य नजिक पुर्‍याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रोग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना सङ्क्रमणको दोस्राे लहरकाे कब्जामा गएको बताएलगत्तै राजधानी सियोलका मेयरले कडा सामाजिक दुरीमा फर्कनुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।

दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा दुई सय ८० जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् ।

यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ९० लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ७१ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४६ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै