जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल « Khabarhub

जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषाको जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडाध्यक्ष दिपेन्द्र साह बीच हात हालाहाल भएको हो ।

छलफलको समय दिउँसो १ बजे तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच विवाद भएको हो ।

मेयर र वडाध्यक्षबीचको हातहालाहालले बैठक हलका केही कुर्सी भाँचिएका छन् ।

हातहालाहाल हुँदा वडा नं १० का वडाध्यक्ष मिथिलेश कर्ण लडेका थिए भने केहीलाई समान्य चोटपटक लागेको थियो ।

बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ०९ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द