प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै « Khabarhub

प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् तथा कार्यकारी समितिका संयोजक एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला, पालिका र वडास्तरमा गठित अनुगमन समितिहरुलाई कालोबजारी नियन्त्रण गर्न र क्वारेन्टिन मापदण्डअनुरुप सञ्चालन गर्न सक्रिय बनाउने निर्णय गरेको हो ।

अनुगमनलाई चरणबद्धरूपमा अगाडि बढाउन पहिलो चरणमा यही असार १० देखि २० गतेसम्म प्रदेशभरका अनुगमन संयन्त्रमातहत कार्यदल परिचालन गर्ने निर्णय बैठकले गरेको कानूनमन्त्री भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रदेशभरिका क्वारेन्टिन र आइसोलेसन कक्षहरु विश्व स्वास्थ्य सङ्गठनको मापदण्डसँग सापेक्ष हुने गरी निर्माण तथा व्यवस्थापन गर्न गराउन र क्षमता विस्तार गर्नेतर्फ अग्रसर हुन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

“बैंकिङ तथा वित्तीय संस्था, औषधि, खाद्यान्नलगायतका पसलहरु र अन्य सार्वजनिक स्थलहरुमा भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रयोगको व्यवस्थाका लागि सरोकारवाला निकायलाई परिचालन गरिनेछ,” मन्त्री भण्डारीले भने, “प्रदेशमा गठित विभिन्न स्तरका अनुगमन समितिलाई कार्यप्रगतिको समीक्षा गरी त्यसको प्रतिवेदन उच्चस्तरीय अनुगमन समितिमा पठाउने व्यवस्था गर्नेसमेतको पनि निर्णय भएको छ ।”

त्यसैगरी, मूल्य सूची सार्वजनिक गर्नुका साथै भौतिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था गर्न प्रशासन, सुरक्षा निकायलगायत सरोकारवालालाई परिचालन गर्ने, सुरक्षा निकायको सतर्कता २४ सै घण्टा रहने गरी व्यवस्थापन गर्ने गराउने, बजार अनुगमन गरी खाद्य, औषधिजन्य र निर्माण सामग्रीको अवस्था अभिलेख राख्ने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको उनको भनाइ छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशमा रहेको हटलाइन सेवा १११० र फोन नं ०८३–५२१३५० मा कालोबजारी र क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धी सूचना दिन सम्पूर्ण नागरिकलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५२ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका