पाल्पा पहिरो अपडेट : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो « Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।

पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा चार सवारी साधन बगाएको थियो ।

सोमबार बेलुका पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई पहिरोले बगाएको थियो ।

त्यस्तै लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् । ती गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ०४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका