कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित | Khabarhub Khabarhub

कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै दाङको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले रिपोर्ट आउन ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै आन्दोलन गरेको जनाएका छन् ।

स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुलाई  सम्झाइ बुझाइ गरेपछि फर्किएको डीएसपी खड्काले बताए ।

उनीहरुले‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ४९ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको