कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित « Khabarhub

कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै दाङको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले रिपोर्ट आउन ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै आन्दोलन गरेको जनाएका छन् ।

स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुलाई  सम्झाइ बुझाइ गरेपछि फर्किएको डीएसपी खड्काले बताए ।

उनीहरुले‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ४९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका