महावीरले बनाउन लागेको ‘स्वाब संकलन’ मेसिनका लागि थप सामग्री आइपुग्यो « Khabarhub

महावीरले बनाउन लागेको ‘स्वाब संकलन’ मेसिनका लागि थप सामग्री आइपुग्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले बनाउन लागेको स्वाब संकलन मेसिनका लागि आवश्यक थप सामग्री आइपुगेको छ ।

आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले जापानबाट थप सामग्री आइपुगेको जानकारी दिएका हुन् । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता पुनले आवश्यक सामग्री केहीदिन अघि पनि आएको जानकारी दिएका थिए ।

उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘जापानबाट धेरै दाताहरुको सहयोगमा तेस्रो लटको थुप्रै सामानहरु राष्ट्रिय आविष्कार केन्द्रलाई दान प्राप्त भयो । सबै सहयोगीहरुलाई धेरै धन्यबाद ।’

उनले कोरोना जस्तो महामारीसहित कुनै पनि युद्ध लड्नको लागि विभिन्न किसिमको हात हतियारहरु चाहिन्छ र ती हात हतियारहरु बनाउनको लागी औजार र कच्चा पदार्थहरु चाहिने हुँदा सहयोगको अपेक्षा गरेको बताएका छन् ।

‘अहिलेको लक डाउनको अवस्थामा कोरोनासँग लड्न विभिन्न किसिमका सामानहरु बनाउनको लागि चाहिने कच्चा पदार्थ र औजारहरु जसरी हुन्छ, जहाँ बाट हुन्छ कुनै पनि हालतमा खोजेरै भए पनि काम गर्नु पर्ने स्थिति भएकोले बाध्य भएर त्यस्ता सामानहरु ल्याउन सहयोगको लागि अनुरोध गरिरहेका हौं र सहयोग पनि पाई रहेको छौं ।’, उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : ०८ बजे

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा