बिमलेन्द्र निधीको प्रश्न- सरकार हामीलाई जवाफ चाहियो « Khabarhub

बिमलेन्द्र निधीको प्रश्न- सरकार हामीलाई जवाफ चाहियो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकारी सरकारसँग जवाफ मागेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा हिमालय र सगरमाथा तथा आपत्तिजनक चिनियाँ गतिविधिका बारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको, चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल आएको र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आएकाले यसको जवाफ दिन माग गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हिमालय र सगरमाथाबारे, आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर
जग्गामा चीनको कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।’

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ०१ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ