काठमाडौं उपत्यका आउनेलाई १४ दिन ‘होम क्वारेन्टाइन’मा राख्न गृह मन्त्रालयको परिपत्र « Khabarhub

काठमाडौं उपत्यका आउनेलाई १४ दिन ‘होम क्वारेन्टाइन’मा राख्न गृह मन्त्रालयको परिपत्र


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ ।

घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो ।

त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

गृहले जिल्ला प्रशासन कार्यालयलाई पठाएको परिपत्र पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

डा गौतमले उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताए ।

उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको बुझिएको छ, यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको छ,’ डा गौतमले भने, ‘बाहिरबाट उपत्यका भित्रिनेबित्तिकै कोरोना परीक्षण गर्न नपर्ने र १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, सो अवधिमा लक्षण देखापरेमा अस्पताल गइ चिकित्सकको सल्लाहमा मात्र परीक्षण हुनेछ ।’

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि व्यापार व्यवसाय रोजगार दाता लगायत सबैले सचेत हुनुपर्ने बताएका छन् ।

उनले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा प्रयो गर्ने, घर बाहिर निस्किँदा सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा