विभिन्न स्थानमा हल्का वर्षा, दिउँसो भारी वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

विभिन्न स्थानमा हल्का वर्षा, दिउँसो भारी वर्षाको पूर्वानुमान


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिनभर देशभर सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ५९ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु

प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ

पर्सा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय

अन्तिम खेलमा जावालखेलकाे जीत

काठमाडौं– जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

काठमाडौं– राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक