टीयू र पीयूका परीक्षा भदौ पहिलो साता,  कक्षा १२ को असोजमा « Khabarhub

टीयू र पीयूका परीक्षा भदौ पहिलो साता,  कक्षा १२ को असोजमा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेलगत्तै लकडाउनले रोकिएका परीक्षा मिति धमाधम सार्वजनिक भएका छन् ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने सूचना सार्वजनिक गरेका छन् ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा.पेशल दाहालले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय गरको परीक्षा नियन्त्रक डा.सूर्य प्रसाद संग्रौलाले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । यसअघि कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ३४ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको