वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी « Khabarhub

वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए ।

कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।”

सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १० : २९ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२