श्रीमती हत्या गरी जेल परेका पूर्वडीआईजी कोइराला थुनामुक्त (भिडियोसहित) « Khabarhub

श्रीमती हत्या गरी जेल परेका पूर्वडीआईजी कोइराला थुनामुक्त (भिडियोसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन्।

सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेसँगै डिल्लीबजार कारागार प्रशासनले उनलाई बिहीबार जेलमुक्त गरेको हो।

श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए। तर सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो।

सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो।

सोही फैसलाको आधारमा उनी जेलमुक्त भएका हुन्।

हेर्नुस् भिडियो

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १२ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका