लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए « Khabarhub

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् ।

गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ ।

गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो ।

यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएइ) बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फर्किएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक बढी प्रभावित हुँदा त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या उच्च देखिएको हो । खाडी मुलुक र मलेशियामा मात्रै झण्डै २० लाख नेपाली कार्यरत रहेको अनौपचारिक तथ्याङ्क छ ।

उद्धार उडानमार्फत बहराइनबाट ९८०, बङ्गलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली स्वदेश फकिएका छन् । सबैभन्दा बढी नेपाली ध्वजाबहाक नेपाल एयरलाइन्सबाट स्वदेश फर्केका छन् ।

यस्तै हिमालयन एयरलाइन्स, जजिरा एयरलाइन्स, कतार एयर, मालिन्दो एयर, एयर अरेबिया, टर्किस एयरलाइन्स, मलेशियन एयर, सिल्क एयर, कोरियन एयरलगायतबाट पनि नेपाली स्वदेश फर्किएका हुन् ।

उद्धार उडानमार्फत स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  २ : ५३ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी