कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग (अध्ययन रिपोर्टसहित) « Khabarhub

कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग (अध्ययन रिपोर्टसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको ब्यापकता जसरी बढ्दैछ, त्यसरी नै यसका लक्षणहरू पनि थपिंदै गएका छन ।

स्पेनको मेड्रिडस्थित रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका विशेषज्ञहरूले कोरोना संक्रमित बिरामीमा नयाँ लक्षण फेला पारेका छन ।

उनीहरूका अनुसार, मुखभित्र माथिल्लो भागमा घाउ या स–साना रातो रंगका थोप्लाहरू कोरोना भाइरसको लक्षण हुनसक्छ । जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित शोधपत्रका अनुसार, अनुसन्धानकर्ताहरूले ३० मार्च देखि ८ अप्रिलसम्म २१ जना कोरोना संक्रमित बिरामीहरूमा अध्ययन गरेका थिए ।

४० देखि ६८ बर्ष उमेरका ती कोरोना संक्रमित विरामीहरूमा गरिएको अध्ययनबाट यो नयाँ तथ्यको खुलासा भएको हो । अध्ययनमा सहभागी गराइएका २१ मध्ये ६ जना विरामीको मुखभित्र तालुमा रातो रंगका थोप्लाहरू देखिएका थिए ।

ती थोप्लाहरू नाक हुँदै घाँटीको भित्री भागसम्म फैलिएका थिए । यो नयाँ तथ्यको खुलासा भएसंगै कोरोना संक्रमित विरामीहरूको मुखको पनि परीक्षण गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन ।

तर अहिले प्रचलित उपचार पद्धतिमा कोरोना संक्रमित विरामीको मुखको परीक्षण गरिँदैन । मुखको भित्री भागमा देखिएको यो लक्षणबाट कोरोना संक्रमण फैलिने गति तीव्र हुने भन्दै यो विषयलाई कुनैपनि शर्तमा नजरअन्दाज गर्न नहुने चिकित्सकहरूले सुझाव दिएका छन ।

यो तथ्यलाई मध्यनजर गर्दै कोरोना संक्रमित विरामीको उपचार प्रोटोलमा नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञलाई पनि सहभागी गराउनु पर्ने रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका डा. जुआन जिमेनेज नेतृत्वको टोलीको ठहर छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : ०१ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले