बेसिन्दा पहिरोबाट १०४ घर विस्थापित « Khabarhub

बेसिन्दा पहिरोबाट १०४ घर विस्थापित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् ।

पहिरोको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

पहिरोले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिरोले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको छ । गत असार २८ गते आएको पहिरोले बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

पहिरोका कारण सिसुवा, बेसिन्दा र चेप्चेवा गाउँ नै पहिरोले जमीन चिराचिरा भएर फाटेको छ । पहिरोबाट विस्थापित बेसिन्दाका ५७ घरलाई बेसिन्दाभन्दा माथिको चित्रे डाँडामा अस्थायी बास निर्माण गरी राखिएको प्रजिअ आचार्यले बताए ।

त्यस्तै २९ घरपरिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजिकैको पौखमटार राखिएको प्रजिअ आचार्यको भनाइ छ । बेसिन्दाको पहिरोबाट विस्तापित घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गरेर राखेको छ । बेसिन्दा पहिरोबाट चार जनाको जीवितै उद्धार गरिएको थियो ।

पहिरोबाट बेपत्ताको उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको छ । गत असार २८ गते गएको पहिरोबाट ११ जना अझै बेपत्ता छन् ।

पहिरोबाट हराइरहेकाको खोजीका लागि जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आठ दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आइतबार फर्किएको हो । बेपत्ताको खोजी अहिले पनि जारी राखिएको छ ।

पहिरोबाट हराइरहेकाको खोजीका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले पनि पनि खोजीकार्य जारी राखिएको छ । बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरीचौकीबाट १३ जना प्रहरीको टोलीले खोजी र निगरानी गरिरहेका छन् ।

पहिरो पीडितलाई प्रदेश नं १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइसकेको छ । प्रदेश सरकारले पीडितलार्ई १५ क्वीन्टल चामल, दुई क्वीन्टल दाल, १०० लिटर तेल, ५० किलो नून, ५३ पाल, १० बाकस चाउचाउ र १० बाकस बिस्कुट तथा म्याट्रेससहितका राहत सामग्री पीडितलाई दिइसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म विभिन्न सङ्घसंस्थाबाट रु दुई लाखभन्दा बढी सङ्कलन भइसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : ३८ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार