‘प्रभास २१’ का लागि प्रभासले लिए ५० करोड, दीपिकाको पारिश्रमिक कति ? « Khabarhub

‘प्रभास २१’ का लागि प्रभासले लिए ५० करोड, दीपिकाको पारिश्रमिक कति ?


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणलाई एक फिल्ममा महंगो पारिश्रमिकमा अनुबन्ध गरिएको छ ।

‘प्रभास २१’ नामक उक्त फिल्मका लागि दीपिकाले २० करोड भारु पारिश्रमिक लिने भएकी छिन् । योसँगै उनी बलिउडकी महंगी अभिनेत्री बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार यो फिल्मका लागि प्रभासलाई ५० करोड भारु दिइने भएको छ ।

३ दिनअघि घोषणा गरिएको ‘प्रभास २१’ मा दीपिका अनुबन्ध भएपछि फिल्मको थप चर्चा चुलिएको छ । दीपिकाको इन्ट्रीसँगै फिल्मको कथामा पनि परिमार्जन गरिएको छ ।

यो फिल्म साइन्स फिक्सन कथामा आधारित हुनेछ । यस्तै फिल्मको निर्देशन नाग आश्विनले गर्नेछन् । योसँगै दीपिकाले दक्षिण भारतीय फिल्ममा कदम राखेकी छिन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : ५९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक