आज थपिए १४७ कोरोना संक्रमित, १५६ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए १४७ कोरोना संक्रमित, १५६ डिस्चार्ज (विवरणसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २ जना र सप्तरीका ७ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जना रहेका छन् ।

डा गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ जना रहेका छन् ।

२४ घण्टामा थप १५६  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५६  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : ४७ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली