आज थपिए १४७ कोरोना संक्रमित, १५६ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए १४७ कोरोना संक्रमित, १५६ डिस्चार्ज (विवरणसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २ जना र सप्तरीका ७ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जना रहेका छन् ।

डा गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ जना रहेका छन् ।

२४ घण्टामा थप १५६  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५६  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : ४७ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी