बारपाकमा पहिरोले ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति « Khabarhub

बारपाकमा पहिरोले ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ६९ घरपरिवार विस्थाापित भएका छन् ।

गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिरोका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

पहिरोका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तीनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

निरन्तरको वर्षापछि आएको पहिरोले गाउँपालिकाभित्रका ६ वटा विद्यालयमा क्षति पुगेको उनले बताए ।

पहिरोले वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्योति माध्यामिक विद्यालय र मनास्लु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुगेको उनले बताए ।

त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको