काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार « Khabarhub

काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

विहीबार साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

एक युवकले कार्कीमाथि एसिड प्रहार गरेर फरार भएको उनले बताए । फरार युवकको खोजी भइरहेको छ ।

‘एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ।’ एसएसपी ज्ञवालीले भने।

साँझ पसल निस्किएको समयमा उनीमाथि एसिड प्रहार भएको बुझिएको एसएसपी ज्ञवालीले बताए । एसिड परेर घाइते भएकी युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍यााइसकिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा