च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बार्यन म्युनिख खेल्दै « Khabarhub

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बार्यन म्युनिख खेल्दै


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति पौने एक बजे हुने खेलमा जर्मन जाइन्ट बार्यन च्याम्पियन्स लिगको उपाधि जितेर यो सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यदि च्याम्पियन्स लिगको उपाधि जितेमा बार्यनको यो सिजनको तेस्रो उपाधि हुनेछ ।

बार्यनले बुन्डेसलिगाका साथै जर्मन कपको पनि उपाधि जितेको थियो । बार्यन ६ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यस्तै पीएसजी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि यात्रामा रहेको छ । पीएसजीका प्रशिक्षक थोमस टुचेलले बार्यन पीएसजी भन्दा धेरै पटक फाइनलमा पुगेकाले त्यो अनुभव उसका लागि फाइदाजनक हुने बताएका छन् ।

बार्यन र पीएसजी यसअघि आठ पटक खेलेका छन । जसमा पीएसजीले पाँच पटक र बार्यनले तीन पटक खेल जितेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १० : ०० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई