कास्कीको निषेधाज्ञा नहटाउन कांग्रेसको माग « Khabarhub

कास्कीको निषेधाज्ञा नहटाउन कांग्रेसको माग


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै कांग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ ।

कांग्रेसले शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि आर्थिक अनियमिततामा लिप्त रहेको, विभिन्न संङ्घसंस्थाले उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै विज्ञप्तिमा त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र सङ्कलित तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई कांग्रेसले आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गर्दै कांग्रेसले कोरोना सङ्क्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ३७ बजे

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव