बुटवलको कोरोना अस्पतालमा नयाँ बिरामीलाई बेड छैन « Khabarhub

बुटवलको कोरोना अस्पतालमा नयाँ बिरामीलाई बेड छैन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालका आइसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । दैनिक लक्षणसहितका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड भरिएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार बुटबल धागो कारखनामा बनाइएको कोरोना अस्थायी अस्पतालमा १६ वटा आइसियु बेड छन् । त्यहाँ ८ जना बिरामीलाई अक्सिजन दिइएको छ । दुई जना बिरामी भेन्टिलेटरमा छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गरेको कोरोना विशेष अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए । उनका अनुसार जम्मा ३६ वटा आइसोलेसन बेड रहेकोमा २१ जना बिरामी आइसोलेसनमा छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा बिरामी भरिएको डा. खनालले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य बिरामीले ६ वटा आइसोलेसन बेड भरिएका छन् । । अब आउने नयाँ बिरामी राख्न समस्या हुने डा खनालको भनाइ छ । बुटबल धागो कारखानामा ५० देखि १०० बेडको अस्थायी अस्पताल बनाउने भनिए पनि अहिलेसम्म काम भएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरीले अवश्यकता अनुसार बेड थप्दै जाने बताएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालसँगै कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीमा कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले नियमित सेवा सुरु गरेको छ त्यहाँ कोरोनाका बिरामी एक जनामात्र रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले बताए ।

बुटबल उपमहानगरपालिकाले नगरभित्रकाका लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा राख्ने गरेको छ । उपमहानगरका स्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए अहिले ५८ जना बुटबलका कोरोना संक्रमित होम आइसोलेसनमा रहेको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडकल सुपरिटेण्डेण्ट डा खनालका अनुसार कोरोना सामान्य लक्षण देखिएका बिरामीहरूलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ । तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको उनले बताए ।

बुटबलको कोरोना अस्पतालबाट अहिलेसम्म घर गएका ९७ जनाको उपचार भएको छ । प्रदेश ५ मा अहिलेसम्म ५ हजार ३४६ संक्रमित भएकोमा सक्रिय संक्रमितको संख्या १ हजार ३१ छ । संक्रमितमध्ये १७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ५८ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली