व्यक्तित्व विकासका कुरामा मेरो अझै कमजोरी रहेछ: दीपाश्री | Khabarhub Khabarhub

व्यक्तित्व विकासका कुरामा मेरो अझै कमजोरी रहेछ: दीपाश्री


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले ३ गल्ती गरेको भन्दै पुनः माफी मागेकी छिन् ।

उनले आफूले यो घटनाबाट धेरै ठूलो पाठ सिकेको र अब वृत्ति विकासमा पनि ध्यान दिने र अन्तर्वार्ताका बेला थप ध्यान पुर्‍याउने भन्दै माफी मागेकी हुन् ।

केही महिनाअघि एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाश्रीको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार बनेकी थिइन् । र, कतिपय प्रयोगकर्ताले त उनलाई तल्लो स्तरका शब्द प्रयोग गरेर गालीसमेत गरेका थिए ।

हमालका फ्यानले दीपाश्री निरौलाले हमाललाई ‘महानायक’ नभनेको भन्दै आलोचना गरेका थिए ।

विरोधपछि दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी माग्दै हमाललाई आफूले ‘महानायक मानेको’ बताएकी थिइन् । तर, आक्रोशित फ्यानले दीपाश्रीलाई ट्रोलको शिकार बनाउन छाडेनन् ।

त्यसपछि अर्का कलाकार दीपकराज गिरीले अन्तर्वार्ता दिँदा होस पुर्‍याउनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबूकमा स्टाटस पोस्ट गरेका थिए ।

उनको स्टाटसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीको समर्थन गरेको भन्दै दीपकराज गिरीलाई समेत तारो बनाएका थिए ।

यसलाई गिरीले आफ्नो ब्राण्डिङमाथि भएको ‘हमला’ का रुपमा अर्थ्याएका थिए ।

दीपाश्री निरौलाको फेसबूकबाट

सामाजिक सञ्जालमा सक्रिय हुने दीपाश्री यो घटनापछि भने निष्क्रिय थिइन् । आइतवार दीपाश्रीले आफ्नो जन्मदिनका अवसरमा सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो सार्वजनिक गर्दै यो घटनाले ठूलो पाठ सिकाएको र थप सचेत बनाएको बताएकी छिन् ।

उनले जीवनको आधा समय ‘पीडादायी’ रहे पनि वि.सं. २०६० सालदेखि प्रदर्शनमा आएको हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ पछि भने पछाडि फर्केर हेर्नु नपरेको बताइन् ।

यो श्रङ्खला ६ सय भागसम्म सफलताका साथ प्रदर्शन भएको थियो ।

उनले भिडियोमार्फत भनिन्, ‘तीतो सत्यपछि मैले पछाडि फर्केर हेर्नुपरेन, केही चलचित्र र अझ छक्का पञ्जा सिरिजले त झन् हामीलाई चर्चा दिलायो, दर्शकप्रति नतमस्तक छु ।’

उनले कला क्षेत्रमा सफल भए पनि व्यक्तित्व विकासमा भने कमजोरी रहेको बुझेको बताइन् । ‘व्यक्तित्व विकासका कुराहरुमा मेरो अझै कमजोरी रहेछ,’ उनले स्वीकारिन् ।

दीपाश्रीले यो घटनाले आफूमा भएका कमजोरीलाई चिन्ने मौका पाएको समेत बताएकी छिन् । आफूले उक्त अन्तर्वार्ता दिन जाँदा विना तयारी जानु पहिलो गल्ती भएको बताएकी छिन् ।

‘टीका लगाएको दाइले बोलाएको हो भनेर फुर्सद नहुँदा नहुँदै पनि विना तयारी गएँ, त्यो एउटा गल्ती थियो,’ उनले भनिन् ।

‘दोस्रो गल्ती, मलाई लगातार यस्ता प्रश्नहरु आए कि, त्यसले मेरो बडी ल्याङ्ग्वेजमा कन्ट्रोल गर्न सकिनँ,’ उनले भनिन् ।

दीपाश्रीले आफू एक कलाकार भएर अर्को सिनियर कलाकारको टिप्पणी गर्नुलाई ‘ठूलो गल्ती’ का रुपमा स्वीकारेकी छिन् ।

‘अन्तिम ठूलो गल्ती भनेको मैले म एउटा कलाकार भएर अर्को सिनियर कलाकारलाई टिप्पणी गर्न पुगेँ, त्यो एउटा ठूलो भुल भयो,’ निरौलाले भनिन् ।

आफू र आफ्नो टिमले यसअघि पनि फिल्म रिलिजका बेला या गीत रिलिजका बेला गाली खाने गरे पनि यसपटकका गाली र सम्पूर्ण टिममाथि भएको हमलाले आफू निकै दुःखी भएको बताइन् ।

‘धेरै कुरा हामीले सहँदै आएका थियौं,’ उनले भिडियोमार्फत भनिन् ।

आफूले गाली खाए पनि अहिले दर्शकको साथ र हौसलाले गर्दा आज फेरि उठेको उनले बताएकी छिन् ।

‘जन्मदिनमा म केही कुराहरु प्रण गर्न चाहन्छु, अब व्यक्तित्वको विकासमा पनि आफ्नो समय चाहन्छु । दर्शकका लागि राम्रो फिल्म बनाउने कोशिश गर्छु,’ उनले भनिन् ।

दीपाश्रीले राजेश हमालको फ्यान या दीपाश्रीको फ्यान भन्ने नहुने बरु सबै कलाकारको फ्यान हुने बताउँदै अझै पनि कसैको चित्त दुखेको भए माफी दिन आग्रह गरेकी छिन् ।

दीपाश्री निरौलाको आज जन्मदिन पनि हो । उनको जन्मदिनमा कलाकार तथा फ्यानहरुले शुभकामना व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  २ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका