व्यक्तित्व विकासका कुरामा मेरो अझै कमजोरी रहेछ: दीपाश्री « Khabarhub

व्यक्तित्व विकासका कुरामा मेरो अझै कमजोरी रहेछ: दीपाश्री


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले ३ गल्ती गरेको भन्दै पुनः माफी मागेकी छिन् ।

उनले आफूले यो घटनाबाट धेरै ठूलो पाठ सिकेको र अब वृत्ति विकासमा पनि ध्यान दिने र अन्तर्वार्ताका बेला थप ध्यान पुर्‍याउने भन्दै माफी मागेकी हुन् ।

केही महिनाअघि एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाश्रीको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार बनेकी थिइन् । र, कतिपय प्रयोगकर्ताले त उनलाई तल्लो स्तरका शब्द प्रयोग गरेर गालीसमेत गरेका थिए ।

हमालका फ्यानले दीपाश्री निरौलाले हमाललाई ‘महानायक’ नभनेको भन्दै आलोचना गरेका थिए ।

विरोधपछि दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी माग्दै हमाललाई आफूले ‘महानायक मानेको’ बताएकी थिइन् । तर, आक्रोशित फ्यानले दीपाश्रीलाई ट्रोलको शिकार बनाउन छाडेनन् ।

त्यसपछि अर्का कलाकार दीपकराज गिरीले अन्तर्वार्ता दिँदा होस पुर्‍याउनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबूकमा स्टाटस पोस्ट गरेका थिए ।

उनको स्टाटसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीको समर्थन गरेको भन्दै दीपकराज गिरीलाई समेत तारो बनाएका थिए ।

यसलाई गिरीले आफ्नो ब्राण्डिङमाथि भएको ‘हमला’ का रुपमा अर्थ्याएका थिए ।

दीपाश्री निरौलाको फेसबूकबाट

सामाजिक सञ्जालमा सक्रिय हुने दीपाश्री यो घटनापछि भने निष्क्रिय थिइन् । आइतवार दीपाश्रीले आफ्नो जन्मदिनका अवसरमा सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो सार्वजनिक गर्दै यो घटनाले ठूलो पाठ सिकाएको र थप सचेत बनाएको बताएकी छिन् ।

उनले जीवनको आधा समय ‘पीडादायी’ रहे पनि वि.सं. २०६० सालदेखि प्रदर्शनमा आएको हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ पछि भने पछाडि फर्केर हेर्नु नपरेको बताइन् ।

यो श्रङ्खला ६ सय भागसम्म सफलताका साथ प्रदर्शन भएको थियो ।

उनले भिडियोमार्फत भनिन्, ‘तीतो सत्यपछि मैले पछाडि फर्केर हेर्नुपरेन, केही चलचित्र र अझ छक्का पञ्जा सिरिजले त झन् हामीलाई चर्चा दिलायो, दर्शकप्रति नतमस्तक छु ।’

उनले कला क्षेत्रमा सफल भए पनि व्यक्तित्व विकासमा भने कमजोरी रहेको बुझेको बताइन् । ‘व्यक्तित्व विकासका कुराहरुमा मेरो अझै कमजोरी रहेछ,’ उनले स्वीकारिन् ।

दीपाश्रीले यो घटनाले आफूमा भएका कमजोरीलाई चिन्ने मौका पाएको समेत बताएकी छिन् । आफूले उक्त अन्तर्वार्ता दिन जाँदा विना तयारी जानु पहिलो गल्ती भएको बताएकी छिन् ।

‘टीका लगाएको दाइले बोलाएको हो भनेर फुर्सद नहुँदा नहुँदै पनि विना तयारी गएँ, त्यो एउटा गल्ती थियो,’ उनले भनिन् ।

‘दोस्रो गल्ती, मलाई लगातार यस्ता प्रश्नहरु आए कि, त्यसले मेरो बडी ल्याङ्ग्वेजमा कन्ट्रोल गर्न सकिनँ,’ उनले भनिन् ।

दीपाश्रीले आफू एक कलाकार भएर अर्को सिनियर कलाकारको टिप्पणी गर्नुलाई ‘ठूलो गल्ती’ का रुपमा स्वीकारेकी छिन् ।

‘अन्तिम ठूलो गल्ती भनेको मैले म एउटा कलाकार भएर अर्को सिनियर कलाकारलाई टिप्पणी गर्न पुगेँ, त्यो एउटा ठूलो भुल भयो,’ निरौलाले भनिन् ।

आफू र आफ्नो टिमले यसअघि पनि फिल्म रिलिजका बेला या गीत रिलिजका बेला गाली खाने गरे पनि यसपटकका गाली र सम्पूर्ण टिममाथि भएको हमलाले आफू निकै दुःखी भएको बताइन् ।

‘धेरै कुरा हामीले सहँदै आएका थियौं,’ उनले भिडियोमार्फत भनिन् ।

आफूले गाली खाए पनि अहिले दर्शकको साथ र हौसलाले गर्दा आज फेरि उठेको उनले बताएकी छिन् ।

‘जन्मदिनमा म केही कुराहरु प्रण गर्न चाहन्छु, अब व्यक्तित्वको विकासमा पनि आफ्नो समय चाहन्छु । दर्शकका लागि राम्रो फिल्म बनाउने कोशिश गर्छु,’ उनले भनिन् ।

दीपाश्रीले राजेश हमालको फ्यान या दीपाश्रीको फ्यान भन्ने नहुने बरु सबै कलाकारको फ्यान हुने बताउँदै अझै पनि कसैको चित्त दुखेको भए माफी दिन आग्रह गरेकी छिन् ।

दीपाश्री निरौलाको आज जन्मदिन पनि हो । उनको जन्मदिनमा कलाकार तथा फ्यानहरुले शुभकामना व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  २ : ४० बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको