लिखु गाउँपालिकाका उपाध्यक्ष ढुंगेललाई कोरोना पुष्टि « Khabarhub

लिखु गाउँपालिकाका उपाध्यक्ष ढुंगेललाई कोरोना पुष्टि


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएका थिए ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा छन् । उनले भने, ‘स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु ।’

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  २ : २५ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको